हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत हेटौँडा इजलासमा दुईवटा रिट दायर भएका छन्।
अधिवक्ता मोहनप्रसाद ढकाल र राप्रपा बागमतीकी प्रमुख सचेतक कुमारी तामाङले भदौ ५ गते छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेका हुन्। उनीहरूले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया संविधानविपरीत भएको दाबी गरेका छन्।
रिटमा प्रदेश प्रमुखको कार्यालयसहित मुख्यमन्त्री, सभामुख तथा विभिन्न दलका नेताहरूलाई विपक्षी बनाइएको छ। यसैबीच मुख्यमन्त्री थापा मगरले सोमबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।






















प्रतिक्रिया