सवारी दुर्घटना नियन्त्रण गर्न सरकारलाई ऐन महरको आग्रह


काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुदूरपश्चिममा भएका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कैलाली अत्तरियामा बसले ठक्कर दिएपछि पुनः ब्याक गरेर सिन्की बोहरालाई किचेको घटनालाई गम्भीर अपराध भन्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।

त्यस्तै, धनगढीमा जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा हाइसको ठक्करबाट ६२ वर्षीय नन्दलाल गिरीको मृत्यु भएको घटनाबारे पनि उनले सरकारको ध्यानाकर्षण गराए।

महरले दुवै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।