मानव–वन्यजन्तु द्वन्द्वमा एकीकृत योजना माग


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि एकीकृत कार्ययोजना ल्याउन सरकारसँग माग गरेका छन्।

कृषि तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा सांसदहरूले बाँदर, हात्ती, चितुवा, बँदेललगायत वन्यजन्तुबाट किसान र स्थानीयले भोग्दै आएको क्षति रोक्न प्रभावकारी नीति आवश्यक रहेको बताए।

उनीहरूले वन्यजन्तुले नखाने वैकल्पिक बाली प्रवर्द्धन, क्षतिपूर्ति प्रक्रिया सहज बनाउने, वासस्थान संरक्षण गर्ने तथा सीमा क्षेत्रमा हुने हात्तीको समस्या समाधान गर्न कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।