काठमाडौँ । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै सचेत गराइएका वा नसियत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य बनाउने तयारी गरेको छ।
अर्थ समितिको सोमबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाफियाको दफा १८(१)(ड) संशोधनको तयारी भइरहेको जानकारी दिए।
प्रस्तावित संशोधनमा सचेत गराइएका वा नसियत पाएका व्यक्तिको हकमा सञ्चालक बन्न रोक लगाउने व्यवस्था लागू नहुने प्रावधान थपिनेछ। अर्थ मन्त्रालयले संशोधन प्रस्ताव कानुन मन्त्रालयमा पठाइसकेको मन्त्री वाग्लेले बताए।
समितिमा थप छलफलका लागि मन्त्री वाग्लेले २४ घण्टाको समय माग गरेका छन्।






















प्रतिक्रिया