गरिमा र वसन्त मृत्यु प्रकरणमा सरकारमाथि विपिन आचार्यको आक्रोश


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले गरिमा चौधरी र वसन्त कालाखेती मृत्यु प्रकरणमा सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले गरिमाका अभिभावकको पीडालाई प्रचारको माध्यम बनाइएको तथा आरोपितको बयानको भिडियो सार्वजनिक गरिएको भन्दै गृह मन्त्रालय र प्रहरी प्रशासनको आलोचना गरे।

शंखमूल होस्टेलमा मृत भेटिएका वसन्तको घटनाबारे उनले होस्टेलमा बस्ने युवाको सुरक्षामाथि प्रश्न उठाउँदै निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरे।