बलात्कारीविरुद्ध कठोर कानुन बनाउन खगेन्द्र सुनारको माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बलात्कार र भ्रष्टाचारजस्ता गम्भीर अपराधमा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले निर्मला पन्त, सम्झना कामीलगायत विगतका बलात्कार तथा हत्या घटनादेखि हालैकी गरिमा चौधरीको घटनासम्म स्मरण गराउँदै पीडितका नाममा भाषण मात्र नगर्न सरकारलाई आग्रह गरे।

सुनारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्न प्रभावकारी कानुन कार्यान्वयन गर्नुपर्ने बताए। उनले बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए कठोरतम सजायको व्यवस्था गर्नुपर्ने मागसमेत गरे।