काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका अमर्यादित तथा असंसदीय शब्द संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएका छन्।
भदौ १ र ३ गतेका बैठकमा प्रयोग भएका केही शब्द संसद्को गरिमा विपरीत भएको ठहर गर्दै सभामुखले संघीय संसद् सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिएका हुन्।
निर्देशनअनुसार रास्वपा सांसद इन्दिरा राना मगरले भदौ १ गते प्रयोग गरेका केही अमर्यादित शब्द तथा एमाले संसदीय दलका नेता रामबहादुर थापाले भदौ ३ गते प्रयोग गरेका केही शब्द र वाक्यांश अभिलेखबाट हटाइनेछ।
सभामुख अर्यालले संसद्मा मर्यादित भाषा प्रयोग गर्न र कसैको मानमर्दन हुने गरी शब्द चयन नगर्न सांसदहरूलाई आग्रह गरेका छन्।






















प्रतिक्रिया