मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज फेरि विश्वासको मत लिँदैछन्। सोमबार सत्ता गठबन्धनभित्रको विवादका कारण तीनपटक बैठक स्थगित भएपछि विश्वासको मत लिन असफल भएका थापासामु ५३ सांसदको समर्थन जुटाउने चुनौती छ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ मत आवश्यक भए पनि गठबन्धनकै राप्रपा र नेकपाभित्र देखिएको विवादले थापाको सरकार संकटमा परेको छ। प्रदेशसभा बैठक आज दिउँसो ४ बजे बस्ने तय भएको छ।






















प्रतिक्रिया