हेटौँडा । बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार गठन तथा सञ्चालनका विषयमा ६ बुँदे समझदारी भएको छ ।
समझदारीअनुसार मन्त्रालय दलीय हैसियतका आधारमा बाँडफाँट गरिनेछ भने मन्त्रालयको संख्या हाल कायम आठभन्दा नबढाउने सहमति भएको छ ।
प्रदेश सभाको रिक्त सभामुख पद नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित गर्ने सहमति पनि भएको छ ।
त्यस्तै, प्रदेश सरकार सञ्चालनका लागि तीन दलका सात सदस्यीय समिति गठन गरिएको छ । समितिले न्यूनतम साझा कार्यक्रम तयार गरी सात दिनभित्र सार्वजनिक गर्नेछ ।
सुरुमा नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिने भएको छ । मन्त्रिपरिषद्मा महिला सहभागितासहित समावेशिता सुनिश्चित गर्ने सहमति पनि भएको छ ।
तीन दलबीचको सहमतिसँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ ।























प्रतिक्रिया