काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरोजस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा फसेकाको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरे।
उनले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्न, अवरुद्ध सञ्चार सेवा तत्काल सञ्चालन गर्न र लुटपाटमा संलग्नलाई कडा कारबाही गर्न माग गरे।
हिमतालको नियमित अनुगमनका लागि स्थायी सरकारी निकाय गठन, विपद् व्यवस्थापन संसदीय समिति बनाउन तथा प्रभावित क्षेत्रमा खाद्यान्न पुर्याउन अस्थायी पुल निर्माण गर्नुपर्ने सुझाव पनि उनले दिए।
“हामी अहिले सरकारको साथमा छौँ। विपद्को समयमा कुनै दल, व्यक्ति वा समूहभन्दा माथि उठेर राष्ट्र र नेपाली नागरिकको पक्षमा एकताबद्ध हुनुपर्छ,” शाहीले भने।






















प्रतिक्रिया