काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि तिब्बतमा भएको मानवीय क्षतिको सूचना प्रवाहमाथि प्रश्न उठेको छ। बीबीसीकी चीन संवाददाता लौरा बिकरले तिब्बतबाट आएका प्रत्यक्ष भिडियो, स्थानीय आवाज र पीडितका कथाहरू चीनभित्र सीमित रूपमा सार्वजनिक भएको तथा केही सामग्री सामाजिक सञ्जालबाट हटाइएको दाबी गरेकी छन्।
नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि तिब्बतमा भएको मानवीय क्षतिको सूचना प्रवाहमाथि प्रश्न उठेको छ। बीबीसीकी चीन संवाददाता लौरा बिकरले तिब्बतबाट आएका प्रत्यक्ष भिडियो, स्थानीय आवाज र पीडितका कथाहरू चीनभित्र सीमित रूपमा सार्वजनिक भएको तथा केही सामग्री सामाजिक सञ्जालबाट हटाइएको दाबी गरेकी छन्।
तर चीनले विपद्बारे सूचना नै नदिएको भने होइन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अगस्ट २७ सम्म तिब्बतमा ५५८ जना बेपत्ता र तीन जनाको मृत्यु पुष्टि भएको थियो। उद्धार तथा राहत अभियान पनि ठूलो स्तरमा सञ्चालन भइरहेको जनाइएको छ।
बहसको मुख्य विषय अब ‘सूचना दिइयो कि दिइएन’ भन्दा ‘कस्तो सूचना दिइयो र के देखिएन?’ भन्ने बनेको छ। सरकारी उद्धार र क्षतिको विवरण सार्वजनिक भए पनि स्थानीय प्रत्यक्षदर्शी, पीडित परिवार र स्वतन्त्र पत्रकारिताको पहुँच सीमित हुँदा विपद्को पूर्ण तस्वीर बाहिर आउन कठिन हुन सक्छ।
यसबीच चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्स ले भने बाढी, क्षति, उद्धार र बेपत्ताको विवरण निरन्तर सार्वजनिक गरिरहेको छ। यद्यपि उसको रिपोर्टिङ मुख्यतः चिनियाँ सरकारी स्रोत र आधिकारिक व्याख्यामा केन्द्रित देखिन्छ।त्यसैले तिब्बत बाढीको बहस अहिले विपद् व्यवस्थापनसँगै पारदर्शिता, सूचनाको अधिकार र स्वतन्त्र पत्रकारिताको पहुँचसम्म पुगेको छ।





















प्रतिक्रिया