काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घडीमा देशको नेतृत्वले आँसुमा डुबेर विश्राम लिने नभई नागरिकलाई हिम्मत, आँट र भरोसा दिनुपर्ने बताएका छन्।
बुधबार संसद्मा सम्बोधन गर्दै उनले रसुवा, नुवाकोट र धादिङमा भएको विपत्तिलाई सिंगो नेपालको पीडाका रूपमा चित्रण गरे। ‘शरीर थाक्यो भनेर विश्राम लिने छुट छैन, मन भक्कानिँदा पनि एक–आपसमा विलाप गर्ने समय छैन,’ उनले भने।
प्रधानमन्त्री शाहले दृढसंकल्प र साहसका साथ विपत्तिको सामना गर्नुको विकल्प नरहेको बताए।



















प्रतिक्रिया