काठमाडौं – प्रतिपक्षी दल नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै सबै सांसद र दललाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले संकटको समयमा प्रधानमन्त्रीले नेतृत्व देखाउनुपर्ने भन्दै ‘सोसल मिडियामा पोस्ट गरेर मात्रै संकट समाधान हुँदैन’ बताए।
उनले प्रधानमन्त्री शाहलाई ठूलो अवसर प्राप्त भएको भन्दै त्यसलाई गुम्न दिन नहुने उल्लेख गरे। संकटको अवस्थामा राज्यको उपस्थिति र राष्ट्रिय एकता कायम गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको प्रचण्डको भनाइ थियो।



















प्रतिक्रिया