साउदीले नेपालसामु राख्यो १९१ रनको लक्ष्य


काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले साउदी अरेबियाबाट १९१ रनको विजयी लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा अलआउट भयो। उसका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। ललित राजवंशीले २ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।