टिपरको ठक्करबाट एक जनाको मृ-त्यु


पर्सा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको दुधौरा–पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

आइतबार बैजुरा पुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा जीतपुरसिमरा–१६ पिलुवाका ५२ वर्षीय देवबहादुर चौरेल गम्भीर घाइते भएका थिए। उपचारका लागि वीरगञ्जस्थित बयोधा मेडिसिटी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार चौरेलले चलाएको प्र२-०३-०२२प ९६४५ नम्बरको मोटरसाइकललाई ना१अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको हो। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।