‘महाधिवेशन प्रक्रिया तत्काल नरोकिए कांग्रेस फुट्छ’


काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको विवाद समाधानका लागि महाधिवेशन प्रक्रिया तत्काल रोक्नुपर्ने बताएका छन्। महाधिवेशन नरोकिए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने उनको चेतावनी छ।

लेखकले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई समेटेर विवाद समाधान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै उनले १४औँ महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने बताए।

पार्टी एकताका लागि आफूहरूले करिब ११ महिनादेखि प्रयास गरिरहेको उल्लेख गर्दै लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्ने धारणा राखे। महाधिवेशन प्रक्रिया अघि बढाएर पार्टी विभाजन भए त्यसको जिम्मेवारी महाधिवेशन सुरु गर्ने पक्षले लिनुपर्ने उनको चेतावनी छ।