काठमाडौँ । त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत रहँदा बाढीमा परी बेपत्ता भएका कर्मचारीका परिवारले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
बाढी आएको लामो समय बितिसक्दा पनि आफन्तको अवस्था अज्ञात रहेको भन्दै परिवारजनले खोजी तथा उद्धार कार्य तीव्र पार्न सरकारसँग माग गरेका छन्।
‘आफन्तको खोजी कहिलेसम्म?’ भन्दै प्रदर्शनकारीले बेपत्ताको यथार्थ अवस्था सार्वजनिक गर्न र राज्यले प्रभावकारी खोजी अभियान सञ्चालन गर्न दबाब दिएका छन्।



















प्रतिक्रिया