दैलेख । पहिरोको जोखिम बढेपछि दैलेखको नारायण नगरपालिका–१ स्थित नमुना बस्तीका ८ घरका ३७ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
शनिबार परेको अविरल वर्षापछि बस्तीमा पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय दैलेखबाट प्रहरी निरीक्षक ऋषिकेश गौतम हरिजनको नेतृत्वमा खटिएको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।
प्रहरीका अनुसार बस्तीका बासिन्दालाई वडा नम्बर १ स्थित तरकारी सङ्कलन केन्द्रमा राखिएको छ। उक्त बस्तीमा अधिकांश वादी समुदायको बसोबास रहेको थियो।



















प्रतिक्रिया