काठमाडौँ । ग्यासको अभावले कक्षा ५ मा पढ्ने एक बालक विद्यालय जान छाडेर खाली सिलिन्डरको लाइनमा बस्न बाध्य भएका छन्।
काठमाडौँको एक ग्यास डिपो अगाडि मनिष बस्नेत शनिबारदेखि सिलिन्डर कुर्दै बसेका हुन्। घरमा चुलो बाल्न ग्यास नभएपछि आमाबुबा काममा जानुपर्ने भएकाले उनी आफैँ लाइन बस्न बाध्य भएका हुन्।
‘ग्यास छैन, त्यसैले स्कुल जान पाएन,’ मनिषले भने। ग्यास आउने आशामा शनिबारदेखि लाइन बसे पनि सोमबारसम्म उनको पालो आएको छैन।
सरकारले बजारमा ग्यासको अभाव नरहेको र अवस्था छिट्टै सामान्य हुने दाबी गरिरहेको छ। तर सडकमा सयौँ सिलिन्डरसँगै बालबालिकासमेत घण्टौँ लाइनमा बस्नुपर्ने अवस्थाले सरकारी दाबीमाथि प्रश्न उठाएको छ।
विद्यालयमा हुनुपर्ने बालक ग्यासको लाइनमा बस्न बाध्य हुनु अभावको प्रत्यक्ष असर बनेको छ। ग्यास कहिले आउँछ भन्ने अनिश्चिततासँगै उनको पढाइसमेत प्रभावित भएको छ।



















प्रतिक्रिया