कपिलवस्तु । कपिलवस्तु प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि भदौ २१ गतेसम्म लागुऔषधसम्बन्धी ११ मुद्दामा १९ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १३ पुरुष र ६ महिला नेपाली नागरिक छन्। सीमा नाकाबाट पैदल तथा शरीरमा लागुऔषध लुकाएर लैजाने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त अवधिमा १० किलो ३६४ ग्राम अफिम, ५ किलो २२५ ग्राम चरेस, १३० ग्राम गाँजा र ३ ग्राम १५० मिलिग्राम हेरोइन बरामद गरेको छ।



















प्रतिक्रिया