प्रवासी नेपाली मञ्च युरोपको नयाँ अध्यक्ष थपलिया


काठमाडौँ । प्रवासी नेपाली मञ्च युरोपको अध्यक्षमा शालिक थपलिया चयन भएका छन्। स्पेनको बार्सिलोनामा सोमबार सम्पन्न प्रथम अधिवेशनले थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समितिको उपाध्यक्षमा विनोद न्यौपाने, सचिवमा राघवेन्द्र प्रताप कार्की ‘रबिन’ तथा उपसचिवमा राजेश्वरी थापा र गोविन्द साकोटा चयन भएका छन्।

अधिवेशनले ८ बुँदे घोषणा–पत्र जारी गर्दै भोटेकोशी बाढीपीडितको पुनःस्थापना, प्रवासी नेपालीको नागरिकताको निरन्तरता, सुरक्षित आप्रवासन तथा जलवायु क्षतिबापत विकसित मुलुकबाट क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेको छ।

यस्तै, पार्टीभित्रको सार्वजनिक टीकाटिप्पणी रोक्दै आन्तरिक विवादको वैधानिक समाधान खोज्न नेतृत्वलाई आग्रह गरिएको छ।