काठमाडौँ। रुसको उत्तरी ककेशसस्थित काबार्डिनो–बाल्कारियामा हिमपहिरोमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार साँझ मिजिर्गी पर्वतमा आएको हिमपहिरोले ३३ जना पर्वतारोहीको समूहलाई प्रभावित पारेको थियो। सोमबार बिहानसम्म १० जना सुरक्षित रूपमा तल झर्न सफल भएका छन् भने ६ जना अझै सम्पर्कविहीन छन्।
उद्धारका लागि ५० भन्दा बढी उद्धारकर्मी परिचालन गरिए पनि कठिन भौगोलिक अवस्था र थप हिमपहिरोको जोखिमका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।



















प्रतिक्रिया