महाकाली नदीमा डुबेर किशोरी बेपत्ता


कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–१० गौशाला नजिक महाकाली नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन्।

प्रहरीका अनुसार स्थानीय सृष्टि सुनार नदीमा डुबेर बेपत्ता भएकी हुन्। घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीले खोजी सुरु गरेका छन्।

बेपत्ता किशोरीको खोजी जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।