बाढीपीडितको उद्धार–राहतमा कांग्रेसको १ करोड


काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेस नेताहरूले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्। पार्टी नेताकार्यकर्ताबाट संकलित रकम तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित बसोबासमा खर्च गर्ने उद्देश्यले सरकारलाई उपलब्ध गराइएको हो।

रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले सुरुङ तथा विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भएको ढिलाइ तत्काल अन्त्य गरी उद्धार तीव्र बनाउन सरकारसँग आग्रह गरे। उनले त्रिशूली र भोटेकोशी क्षेत्रका प्रभावितको उद्धार तथा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण युद्धस्तरमा अघि बढाउनसमेत माग गरे।