काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भोटेकोशी बाढीबाट प्रभावित नेपालप्रति ऐक्यबद्धता जनाउँदै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
सोमबार संसदमा सम्बोधन गर्दै अल्बानिजले बाढीले नेपाल–चीन सीमाका क्षेत्रमा ठूलो क्षति पुर्याएको र धेरै नेपालीले आफन्त, घर तथा जीविकोपार्जन गुमाएको बताए। उनले विपत्तिको पीडा नेपालीले एक्लै बोक्न नपर्ने भन्दै अष्ट्रेलिया साथमा रहेको उल्लेख गरे।
अल्बानिजले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुराकानी गरेको जानकारी दिँदै प्रभावित नेपालीप्रति अष्ट्रेलियाको तर्फबाट समवेदना व्यक्त गरे। बाढीमा ३६ जना अष्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको जनाउँदै उनले उनीहरूका परिवारप्रति समेत ऐक्यबद्धता व्यक्त गरे।
उनले विपद् प्रभावितका लागि सहयोग गर्ने अष्ट्रेलियाली नागरिकलाई धन्यवाद दिँदै संकटका बेला सबै मिलेर सामना गर्नुपर्ने बताए।



















प्रतिक्रिया