काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले चिलिमे उद्धार कार्यमा प्रगति भइरहेको जानकारी दिएका छन्। उनले छिट्टै थप ६ जनाको उद्धार हुने आशा व्यक्त गरेका छन्।
ढकालका अनुसार चिलिमे सुरुङबाट लेदो माटो निकाल्न आवश्यक मेसिन तयार पारिएको छ। उक्त मेसिन राति विदुर पुग्ने र भोलि बिहान चिलिमे लैजाने तयारी छ।
द्रुत गतिमा काम भए भोलि साँझ वा पर्सि बिहानसम्म सुरुङभित्र प्रवेश गर्न सकिने उनको भनाइ छ। सुरुङको काम भएकाले समयबारे यकिन गर्न नसकिने भए पनि आफूहरू आशावादी रहेको ढकालले बताएका छन्।




















प्रतिक्रिया