सोलुखुम्बु । पहिरोको उच्च जोखिम बढेपछि सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले सोमबार सूचना जारी गर्दै सोलु दूधकुण्ड नगरपालिका–११ स्थित साल्मे खण्डमा बेलुकी ६ बजेदेखि बिहान ५ बजेसम्म पैदलयात्री तथा सबै सवारी साधनको आवागमनमा रोक लगाएको हो ।
यसअघि पहिरो खसेर सडक अवरुद्ध भएको र निरन्तर पहिरो झर्ने जोखिम कायमै रहेकाले अर्को सूचना नभएसम्म रातिको आवागमन बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले बताए ।
हाल उक्त सडकखण्डमा एकतर्फी यातायात मात्र सञ्चालनमा छ । प्रशासनले जोखिमलाई ध्यान दिँदै तोकिएको समयको प्रतिबन्ध पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।



















प्रतिक्रिया