काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सरकारले घोषणा गरेको करिब १ अर्ब रुपैयाँको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ।
शिक्षा मन्त्रालयका अनुसार योजना मुख्यतः रसुवा, नुवाकोट र धादिङमा केन्द्रित हुनेछ। विद्यार्थीको वास्तविक क्षति र आवश्यकताको आकलन गरी स्थानीय तह, प्रदेश तथा संघीय कार्यालयमार्फत रकम परिचालन गरिनेछ।
छात्रवृत्ति रकम नगद वितरणमा मात्र सीमित नरहने र शैक्षिक सामग्री, आवास, सिकाइ निरन्तरता तथा विद्यालय पुनर्निर्माणमा समेत खर्च गरिनेछ।
प्रारम्भिक विवरणअनुसार तीन जिल्लाका १९ विद्यालय क्षतिग्रस्त भएका छन् भने ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।



















प्रतिक्रिया