बढ्यो सुनचाँदीको मूल्य, आजको भाउ कति?


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको छ।

सोमबार ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ३ हजार ५ सय रुपैयाँले बढेको हो।

मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ८ सय ३० रुपैयाँ कायम भएको छ।