१५औँ महाधिवेशनका लागि कांग्रेसले रोज्यो राष्ट्रिय सभागृह


काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको औपचारिक तयारी अघि बढाएको छ। कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।

महाधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा गर्ने तयारीस्वरूप कांग्रेसले असोज १५ देखि २० गतेसम्म ६ दिनका लागि सभागृह उपलब्ध गराउन पत्राचार गरेको छ।

केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहका प्रमुखलाई पत्र पठाउँदै प्रदर्शनी हल, लबी, पार्किङ र बगैँचा समेत उपलब्ध गराउन आग्रह गरेका छन्।

कांग्रेसले महाधिवेशनजस्तो महत्वपूर्ण राजनीतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सभागृहबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण हुने अपेक्षा गरेको जनाएको छ।