काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।
सुरक्षा निकायका प्रमुखहरूसँगको भेटघाटको सुरुवात गर्दै प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले प्रधानसेनापति अशोक राज सिग्देलसँग छलफल गरिरहेका छन् ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सिर्जित परिस्थिति, खोज तथा उद्धार, राहत वितरण, उपचारलगायतका विषयमा सुरक्षा निकायका प्रमुखहरूबाट विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेका हुन् ।
छलफलका क्रममा बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्य, सुरक्षा अवस्था र आगामी कार्ययोजनाबारे समेत प्रधानमन्त्री शाहले जानकारी लिने बताइएको छ ।




















प्रतिक्रिया