काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि रोकिएको निवृत्तिभरण फुकुवाको माग गर्दै पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
न्यायाधीशद्वय नृपध्वज निरौला र मेघराज पोखरेलको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो।
सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीका सामान खरिदमा भएको घोटाला प्रकरणमा राणासहितलाई अदालतले दोषी ठहर गरेको थियो। अख्तियारको पत्रपछि पेन्सन रोकिएपछि राणाले २०८१ साउन १८ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि सर्वोच्चले पेन्सन रोक्ने अख्तियारको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत दिएको थियो।




















प्रतिक्रिया