महोत्तरी । भोटेकोशी बाढी आएको दुई साता बितिसक्दा पनि सम्पर्कविहीन आफ्ना आफन्तको कुनै खबर नआएपछि महोत्तरीका १० परिवार गहिरो पीडा र अनिश्चिततामा छन्।
पिपरा–३ की इन्दिरा यादव ६ महिनाको गर्भवती छिन्। उनका पति विकासकुमार यादव भदौ १० गते त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका हुन्। श्रीमान्को अवस्था अज्ञात भएपछि इन्दिरा एउटै आशमा दिन काटिरहेकी छन्—‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्।’
विकाससँगै मधेस प्रदेशका अन्य ९ जना पनि रसुवा र नुवाकोटबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। बाढीमा परी मधेस प्रदेशका १७८ जना सम्पर्कविहीन भएको र तीन जनाको मृत्यु पुष्टि भएको छ।
समय बित्दै जाँदा परिवारमा आफ्ना मान्छे सकुशल भेटिने आशा र अनिष्टको डर दुवै बढ्दै गएको छ। आफन्तहरू सरकारसँग सम्पर्कविहीनको खोजी तीव्र पारेर जस्तोसुकै अवस्थामा भए पनि आफ्ना मान्छेको अवस्था सार्वजनिक गरिदिन आग्रह गरिरहेका छन्।




















प्रतिक्रिया