काठमाडौँ । रास्वपा संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र पर्याप्त स्रोत–साधन परिचालन गर्नुपर्ने बताए। मृतक, बेपत्ता र उद्धार गरिएकाको आधिकारिक विवरण नियमित रूपमा सार्वजनिक गर्दै पीडित परिवारलाई प्रत्यक्ष सूचना दिनुपर्ने उनको भनाइ छ।
भेटिएका शवको पहिचानका लागि तत्काल डीएनए परीक्षण र आवश्यक विज्ञ जनशक्ति व्यवस्था गर्नसमेत उनले सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, बाढी–पहिरोको उच्च जोखिम भएका क्षेत्रमा मानव बस्ती, सार्वजनिक कार्यालय तथा भौतिक संरचना निर्माण नगर्न सरकारलाई सुझाव दिँदै विपद् पूर्वतयारी र जनचेतना विस्तार गर्नुपर्ने बुर्लाकोटीले बताए।




















प्रतिक्रिया