‘उद्योग समितिमा बस्दिनँ’ भन्दै सांसद भण्डारीको राजीनामा घोषणा


काठमाडौं । रास्वपा सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताले खाना पकाउने ग्याससमेत सहज रूपमा पाउन नसकेको अवस्थामा उपभोक्ता हित हेर्ने समितिमा बसिरहन आफूलाई नैतिक रूपमा उचित नलागेको बताए।

सरकार र सम्बन्धित निकायले जनताको समस्यामा प्रभावकारी कदम चाल्न नसकेको भन्दै उनले समितिबाट अलग हुने घोषणा गरेका हुन्।