काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले मनसुनसँगै हिमाल र हिमनदीको जोखिमलाई समेत समेटेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिएका छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीले नेपालको पूर्वसूचना, उद्धार क्षमता र पूर्वाधार निर्माण प्रणालीमाथि प्रश्न उठाएको बताए।
बाढीबाट विस्थापित नागरिकलाई तत्काल राहत, सुरक्षित आवास, खाद्यान्न, खानेपानी र स्वास्थ्य सेवा उपलब्ध गराउन माग गर्दै उनले क्षतिको प्रभाव न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन समेत सरकारको ध्यानाकर्षण गराए।




















प्रतिक्रिया