सरकारको मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयसँगै सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ। पछिल्लो समय देशमा देखिएका विभिन्न समस्या, विपद्पछिको उद्धार तथा राहत र सरकारी कामकारबाहीसँग सम्बन्धित विषयसमेत बैठकमा उठ्न सक्ने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बैठकपछि सरकारका सम्बन्धित निकायमार्फत सार्वजनिक गरिनेछ।