अमेरिका जाँदै प्रधानमन्त्री बालेन, भ्रमण स्वीकृत


काठमाडौं । प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई अमेरिका जाने अनुमति दिएको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन्।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा महासभामा सहभागी हुने निर्णय भए पनि भोटेकोशी बाढीपछि प्रधानमन्त्री आफैँ अमेरिका जाने निर्णय भएको हो। भ्रमणका क्रममा नेपालमा बाढी तथा जलवायु परिवर्तनबाट भएको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै क्षतिपूर्तिको माग राख्ने तयारी छ।