सरकारले बढुवा गर्‍यो दुई सहसचिवलाई सचिवमा


काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले कुँवर र खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा भएका कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरिएको छ भने खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको छ।

मन्त्रिपरिषद्को निर्णयसँगै दुवै अधिकारीले सचिवका रूपमा नयाँ जिम्मेवारी सम्हाल्ने भएका छन्। सरकारले प्रशासनिक सेवा सञ्चालन तथा प्रदेश सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार कर्मचारीको पदस्थापन तथा जिम्मेवारी तोक्दै आएको छ।