चीनमा मालवाहक जहाज आगलागीमा ठूलो मानवीय क्षति, २० जनाको मृ-त्यु


बेइजिङ । चीनको पूर्वी बन्दरगाह सहर छिङदाओमा मर्मतका लागि राखिएको विदेशी झन्डावाहक मालवाहक जहाजमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार जहाजमा ४२ जना सवार थिए। आगलागीबाट १२ जनाको उद्धार गरिएको छ भने पाँच जना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। थप पाँच जना अझै बेपत्ता छन्।

स्थानीय समयअनुसार बिहीबार बिहान करिब ११ः१५ बजे सुरु भएको आगो साढे तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनापछि राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिएका छन्।