विराटनगर । मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मार्दा १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद र आठ वटा फलामे रड बरामद गरेको छ।
बरामद रकम कारागारभित्र कसरी पुग्यो र के प्रयोजनका लागि राखिएको थियो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। फलामे रडको स्रोत र सम्भावित प्रयोगबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि ‘बी’ ब्लकमा प्रभाव जमाएको समूहका मुख्य व्यक्तिहरूलाई अन्य कारागारमा स्थानान्तरण गरेपछि सुरक्षा अवस्था सहज बनेसँगै छापा मारिएको हो। प्रहरीले कारागारभित्र निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।




















प्रतिक्रिया