काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले आम नागरिकलाई आवश्यक ग्यासको सहज आपूर्ति आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
बिहीबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालय पुगेर पत्रकारसँग कुरा गर्दै उनले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर ग्यास अभाव समाधानका लागि तत्काल आवश्यक कदम चाल्ने बताए।
मन्त्रीले निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतका काम र बाँकी योजनाबारे जानकारी लिएर मन्त्रालयको काम अघि बढाउने बताएका छन्। मन्त्रालय पुग्दा उनले जुत्ता खोलेर कार्यकक्ष प्रवेश गर्नुका साथै राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै पदभार ग्रहण गरेका थिए।
गौरीकुमारी यादवको राजीनामापछि सुनसरी–४ बाट निर्वाचित साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका हुन्।




















प्रतिक्रिया