एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत एःन्इ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै


काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा एःन्इ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ।

नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई प्रतियोगिताले थप उत्साह प्रदान गर्ने आयोजकको विश्वास छ। प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक्सपेरियन्स जोन समेत सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछन्। प्रतियोगिता अवधिभर एक्स्ट्रिम फन एन्ड एक्सपेरियन्स जोन, वाच पार्टी जोन, एक्स्ट्रिम गेमिङ च्यालेन्ज तथा एक्स्ट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन हुनेछन्।

यी गतिविधिले प्रतियोगितामा सहभागी दर्शकलाई मनोरञ्जनसँगै विभिन्न अनुभव र सहभागिताको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ। एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत एःन्इ साउथ एसिया फाइनल्सले गेमिङ प्रतियोगितासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसर प्रदान गर्नेछ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालमा ई–स्पोर्ट्स तथा गेमिङ संस्कृतिको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ।