पोखरा । स्याङ्जाको चापाकोट नगरपालिकामा सिँचाइ नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ । चापाकोट नगरपालिका–८ माडीका ८२ वर्षीय यमबहादुर महत क्षेत्रीको नहरमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजेतिर छोरीको घरतर्फ जाँदै गरेका महत क्षेत्री ज्याग्दी खोलाको सिँचाइ शाखा नहरमा चिप्लिएर खसेका थिए । नहरमा खसेपछि डुबेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चापाकोट र प्रहरी चौकी रत्नपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेको सात सदस्यीय प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।


















प्रतिक्रिया