काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले यातायात क्षेत्रको बेथिति र चालकहरूको मनोसामाजिक अवस्थाबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै धितालले त्रिपुरेश्वरमा चालक अर्जुन दोङको मृत्यु भएको घटनाले यातायात क्षेत्रको सुरक्षा र ट्राफिक नियमन प्रणालीमाथि प्रश्न उठाएको बताइन् ।
उनले चालकलाई लामो समय काममा खटाउँदा मानसिक तथा शारीरिक तनाव बढ्न सक्ने भन्दै चालकको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । ‘खाली चालकलाई मात्रै दोष थोपारेर समस्या समाधान हुँदैन,’ उनले भनिन् ।
धितालले चालकको मनोसामाजिक अवस्था, लाइसेन्स वितरण प्रक्रिया, यातायात व्यवसायीको नियमन तथा मजदुरको सामाजिक सुरक्षा अवस्थाबारे सरकारले अध्ययन गरी सुधारका कदम चाल्नुपर्ने माग गरिन् ।



















प्रतिक्रिया