राष्ट्रिय महिला आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन


काठमाडौं । राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेकी हुन्।

आयोगले आफ्नो वार्षिक कार्यसम्पादन, महिला अधिकार तथा महिला सम्बन्धी विभिन्न विषय समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको जनाएको छ।