काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको सपथ गराएका छन्।
बुधबार बिहान मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नवनियुक्त कार्यकारी निर्देशकलाई सपथ गराएका हुन्।
सपथपछि मन्त्री श्रेष्ठले संस्थागत प्रणाली निर्माण गर्दै निष्ठापूर्वक काम गर्न निर्देशन दिए। उनले मन्त्रालयअन्तर्गतका विभिन्न निकायसँग उच्चस्तरको समन्वय कायम गरेर अघि बढ्न पनि आग्रह गरे।
भोटेकोशी बाढीको चुनौतीपूर्ण अवस्थामा कायम मुकायम कार्यकारी निर्देशकका रूपमा श्रेष्ठले गरेको कार्यसम्पादनको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले धन्यवादसमेत दिए।
मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले श्रेष्ठलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।



















प्रतिक्रिया