काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार बिहान मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई सपथ ग्रहण गराएका हुन्।
सपथपछि मन्त्री श्रेष्ठले कार्यकारी निर्देशक श्रेष्ठलाई प्रणाली निर्माण गरी निष्ठापूर्वक काम गर्न निर्देशन दिएका छन्। मन्त्रालय तथा मातहतका निकायसँग उच्चस्तरको समन्वय कायम गरेर अघि बढ्न पनि उनले सुझाव दिएका छन्।
भोटेकोशी बाढीका कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा कायममुकायम कार्यकारी निर्देशकका रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै मन्त्री श्रेष्ठले नवनियुक्त कार्यकारी निर्देशकलाई धन्यवादसमेत दिएका थिए।
मन्त्रिपरिषद्को असोज २ गते शुक्रबार बसेको बैठकले श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।



















प्रतिक्रिया