घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन सोमबार २ लाख ९४ हजार ३०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, १० ग्राम सुनको मूल्य पनि घटेर सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ । आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ थियो ।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला ४ हजार ६५५ रुपैयाँ रहेको चाँदी सोमबार १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ निर्धारण भएको छ । आइतबार १० ग्राम चाँदी ३ हजार ९९० रुपैयाँ ५० पैसामा कारोबार भएको थियो ।