आज बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४ सय ६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ।